दफा २२३
गुज्रेको म्याद वा तारिख थमाउन सक्ने

दफा २२२ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मुद्दामा आफ्नाे काबु बाहिरको परिस्थिति उत्पन्न भई तोकिएको म्यादवातारिखका दिन अदालतमा उपस्थित हुन नसकी म्याद वा तारिख गुज्रेकोमा गुजार्ने पक्षले म्यादको हकमा पन्ध्र दिनसम्मएकपटकर तारिखको हकमा बढीमा दुईपटक एक्काईस दिनसम्म थमाउन सक्नेछ ।